site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महिला मन्त्रालयमा पर्याप्त बजेट छैन : मन्त्री आचार्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरेका योजना सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताएका छन् । बाल सुधारगृह, वृद्धाश्रम समेत बजेट अभावका कारण बनाउन नसकिने मन्त्री आचार्यको भनाइ छ ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“खासगरी यो मन्त्रालयले धेरै कामहरू आफैँ गर्न सक्ने अवस्था छैन । किन भन्दा बालविवाहका कुराहरू उठ्छन्, त्यो गृह मन्त्रालयले हेर्नुपर्ने । स्वास्थ्य समस्याका कुराहरू स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने । विभिन्न मन्त्रालय यसमा जोडिएको छ । सामाजिक सुरक्षा भत्ताका कुरा त्यो श्रम मन्त्रालयले हेर्नुपर्ने । यसले गर्दाखेरि पनि अलिकति अन्योलको अवस्था छ,” उनले भने, “खासगरी यो मन्त्रालयमा बजेटको अभाव नै प्रमुख कारण पनि हो । बजेट अत्यन्त न्यून भएको कारणले पनि हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्न सक्ने अवस्था पनि छैन ।”

बैठकमा समिति सदस्यहरूले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Global Ime bank

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले  संवैधानिक व्यवस्थाअनुसार बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको उचित व्यवस्था हुने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले समस्याको समाधान नहुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसद रिजालले लोककल्याणकारी राज्यको अवधारणाअनुसार अघि बढ्न सरकारलाई सचेत गराए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय