site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बन्दसत्र भइरहेको छ ।

नेतृत्व कसरी चयन गर्ने भन्ने टुंगो लागेको छैन । सहमति वा निर्वाचन दुवै विकल्प खुला रहेको एक नेताले बताए ।

“नेतृत्वबारे सहमतिमा जाने कि चुनाव हुने भन्ने ‘क्लियर पिक्चर’ आइसकेको छैन,” ती केन्द्रीय नेताले बाह्रखरीसित भने ।

प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दाबेदार छन् । कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकट नेता हुन् । रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् ।

बन्दसत्रबाट लुम्बिनीमा २०५ सदस्यीय कमिटी चयन गरिनेछ ।

शनिबार अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष पौडेल, महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro