देश
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको बागलुङका ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।
कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । सडक खुलाउने प्रयास जारी छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०९:३०
प्रतिक्रिया दिनुहोस्