site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो...

काठमाडौं । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । सरकारप्रति आक्रोशित युवा जमातले उनलाई समर्थन गरेको देखिएको छ भने धेरैले बालेनलाई गलत स्टाटस भन्दै चर्को आलोचना पनि गरेका छन् ।

समाचार तयार पार्दासम्म करिब सवा तीन लाखले प्रतिक्रिया जनाएका छन् भने करिब एक लाख जनाले कमेन्ट गरेका छन् । बालेनले उक्त स्टाटस किन राखे भन्ने चौतर्फी चासो भइरहेका बेला शनिबार दिउसोको घटनासँग सम्बन्धित रहेको स्रोतले जानकारी दिएको छ ।

श्रीमती चढेको गाडी ट्राफिकले रोकपछि बालेनले भने– सिंहदरबारमा आगो लगाइदिन्छु 

बालेनले उक्त स्टाटस शनिबार बेलुका ९ बजेर २१ मिनेटमा राखेका थिए । बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । तर शनिबार दिउँसो काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेको सरकारी गाडीमा बालेनकी श्रीमती रहेको र उक्त गाडी कहाँबाट आएको भनेर सामान्य सोधपुछमात्रै गरेको स्रोत बताउँछ ।

उपत्यका ट्राफिक प्रमुख डीआईजी पोषराज पोखरेलले पनि कोटेश्वरमा काठमाडौं महानगरपालिकाको सरकारी गाडी रोकिएको पुष्टि गर्दै बिदाको दिनमा चलाउन पास चाहिन्छ भनेर चालकलाई भनेको जानकारी दिए ।

चालकले सोधपुछका क्रममा गाडीमा म्याडम हुनुहुन्छ भनेर जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको स्रोत बताउँछ ।

मेयर बालेन आक्रोशित– सिंहदरबारमा आगो लगाइदिन्छु

तर बालेनको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।

“शनिबारको दिनमा पास लिएकामात्रै सरकारी गाडी चलाउन पाइन्छ,” चेकिङमा खटिएका एक प्रहरीले बाह्रखरीसँग भने, “सामान्य सोधपुछमात्रै गरेका हौँ । कहाँबाट आउनुभएको हो भनेरमात्रै सोधेका हौँ, चालकले काठमाडौं महानगरपालिकाको गाडी हो म्याडम हुनुहुन्छ भनेपछि छाडिदिएका हौँ । जम्मा एक मिनेटजतिमात्रै रोकेका हौँ ।”

उनका अनुसार सामान्य भनाभनसमेत भएको थिएन । “भएको त्यत्ति हो,” स्रोतले भन्यो, “उहाँले बेलुका किन र के कारणले स्टाटस लेख्नुभयो थाहा भएन ।”

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro