site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीनपांग्रे ई–रिक्सा चलाउन निषेध

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपांग्रे ई–रिक्सा चलाउन नदिने भएको छ ।

इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपांग्रे ई–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरभित्र चलाउन दिने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

बाटो जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको उपमहानगर प्रमुख पौडेलले बताए ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय गरिएको उनले बताए । अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रीलाई कुरेर बस्न र जथाभावी यात्री चढाउन तथा ओराल्न रोक लगाइएको उनले जानकारी दिए ।

इटहरीका मुख्य सडकमा सफारीलाई निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोसी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ । अहिले ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ ।

इटहरीभित्र करिब पाँच हजार सफारी सञ्चालनमा रहेको र केवल एक हजार १०० मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro