site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको मृत्यु प्रकरणमा प्रहरीले त्यहाँका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीविरुद्ध शुक्रबार म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोदारले बताए ।

कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झन्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन् ।

कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीविरुद्ध विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

कुटपिटबाट गएको साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ कैदीबन्दी छन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro