site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखा–आबुँखैरेनी सडकको कट्टेलचोकमा शंकास्पद वस्तु फेला 
प्रतीकात्मक तस्बिर

काठमाडौं । गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार (आज) बिहान गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । “सेनाको बम डिस्पोजल टोली घटनास्थल अहिले घटनास्थलमा छ,” भुसालले बाह्रखरीसँग भने, “बम हो/होइन केही समयमा थाहा हुनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त शंकास्पद वस्तु कसले राखेको हो भन्नबोर जानकारीमा नआएको उनले बताए । “अहिलेसम्म उक्त वस्तु कसले राखेको थाहा भएको छैन । तर, परबाट हेर्दा झण्डा राखेको जस्तो देखिएको छ,” उनले भने । 

शंकास्पद बस्तु फेला परेसँगै सवारी आवगमन रोकिएको उनले जानकारी दिए । 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्