site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी र कांग्रेसबीच खटपट भएको छैन : अग्नि सापकोटा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएका छन् ।

शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता साझेदार दल नेपाली कांग्रेससँग खटपट नभएको दाबी गरे ।

केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले उठाएको विषयबारे सञ्चारकर्मीको जवाफमा उनले त्यस्तो बताएका हुन् ।

“एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो,” उनले भने, “राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन ।”

उनले गएको कांग्रेस केन्द्रीय समिति बैठकले दृढ रहने निर्णय गरेकोले पनि त्यस्तो नहुने सुनाए ।

त्यस्तै, उनले एमसीसीबारे पार्टी १२ बुँदे व्याख्यात्क घोषणाा सम्झौताको अंग बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।

“व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । सार्वभौम संसद्ले पास गरेको कुरा हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro