site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरूलाई परिचालन गर्न नसकेको बताए ।

"नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ । सरकारले आर्थिक कूटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरूले आवश्यकताको आधारमा काम गर्न सकेको छैन त्यसैले मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो," उनले भने ।

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कूटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए । उनले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरूलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतीहरू रहेको बताए । नेपालको अर्थकूटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro