site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतका रक्षामन्त्री बेन वालेसले दिए राजीनामा, ग्रेन्ट साप्सले सम्हाले पद

काठमाडौं । बेलायतका रक्षामन्त्री बेन वालेसले आफ्नो चार वर्षको कार्यकाल समाप्त गर्दै पदबाट राजीनामा दिएका छन् ।

गत महिना नै पद छोड्ने घोषणा गरेका वालेसले बिहीबार औपचारिकरूपमा रक्षामन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले उनको कार्यकालको प्रशंसा गरेका छन् । वालेसको राजीनामापछि उर्जामन्त्री ग्रान्ट साप्स रक्षामन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्री नियुक्त भएपछि साप्सले रुससँग युद्धमा रहेको युक्रेनलाई समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षामन्त्री रहेकी क्लेयर कौटिन्हो ऊर्जामन्त्री बनेकी छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro