site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इन्जिनियरिङको शुल्क फिर्ता गर्ने सहमतिविरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले इन्जिनियरिङको शुल्क फिर्ता गर्नेगरी भएको सहमतिविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले भोलि (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटा पुगेर त्रिवि पदाधिरीसँग सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गरेको सहमतिपत्र जलाउने कार्यक्रम नै राखेको छ । अनेरास्ववियुले सहमतिपत्रलाई 'धोकापत्र' भनेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुल्क वृद्धिबारे आईओईले जवाफ दिनुपर्ने बताएका छन् । 

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार शुल्क फिर्ता लिनेसहित पाँच बुँदे सहमति गरेका छन् ।

सहमति अनुसार विद्यार्थी प्रतिनिधिसहितको एक समिति गठन हुने छ । जसले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ । समितिले दिएको सुझावको आधारमा कायम गरिने शुल्कलाई लागु गर्न सबै पक्ष सहमत हुने भनिएको छ । 

 

शुल्क लागु गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षालगायत सबै कार्यक्रमहरू सञ्चालन गरिने छ । 

सहमतिसँगै विद्यार्थीहरूको आन्दोलन स्थगित भएको छ । तर, अनेरास्ववियुले भने सहमतिविरुद्ध नै प्रदर्शन गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro