site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताले निष्ठाको राजनीति नगर्दा जनता निरास भए : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरूले निष्ठा र आदर्शको भुल्दा जनमानसमा राजनीतिप्रति नै नैराश्यता छाएको बताएका छन् । 

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले बुधबार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित भएको टिप्पणी गरे । 

उनले भने, “सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ ।” 

कोइरालाले नेपालका राजनीतिक दलका नेताहरूले सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको टिप्पणी समेत गरे । 

राजनैतिक पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने भन्दै कोइरालाले राजनीतिलाई सेवाका रूपमा लिनुपर्ने बताए । 

“पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइ गयो नी,” उनले भने, “आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro