site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं । भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

बुधबार पक्राउ परेका महरालाई बिहीबार सार्वजनिक बिदा भएका कारण प्रहरीले म्याद थपका लागि आजै अदालतमा पेस गरेको थियो । अदालतले महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

इलेक्ट्रिक सिगरेट ‘भेप’मा राखेर तस्करी गरिएको सुन ९ किलो भन्दा धेरै भएको अनुसन्धानको ठहर छ । चिनियाँ तस्करमार्फत आएको सुन छुटाउनका लागि राहुलले सयौं पटक भन्सारका कर्मचारी र चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएको थियो । 

यो प्रकरणमा पूर्वसभामुख महराको समेत फोन सम्पर्क देखिएको छ । उनी भने पक्रउ परेका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro