site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारी खर्च नबढ्दा बैंकिङ प्रणालीमा पनि समस्या आउँछ : डेपुटी सीईओ ज्ञवाली 

काठमाडौं । नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले निर्माण व्यवसायीलाई सरकारले पैसा दिन नसक्दा बैंकिङ प्रणालीमा पनि समस्या निम्तिने बताएका छन् । 

बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' बृहत् छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ज्ञवालीले यस्तो बताएका हुन्  । 

Dabur Nepal

"सरकारले पुँजीगत खर्च बढाउन सके अर्थतन्त्र चलायमान हुने हो । तर, निर्माण व्यवसायीको पैसा सरकारले दिन सकेको छैन । यसले बैंकिङ प्रणालीमा पनि असर गर्छ," उनले भने, "अर्थतन्त्रमा समस्या आएकै कारण सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । राजस्वका दर बढाइएको छ । तर लक्ष्य भेट्न सकेन भने यसले समस्या निम्तिन्छ । राजस्व उठाउन व्यवसाय चल्नुपर्छ ।"

प्लस टू सक्ने बित्तिकै विदेशिने लहर बढेकोले पनि उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा नै समस्या निम्तिएको उनले बताए । यो अवस्थालाई रोक्न नसकिए देशको अवस्था केही वर्षमै नाजुक बन्नसक्ने उनको भनाइ छ । 

नयाँ व्यवसाय सञ्चालनमा नआउँदा पनि कर्जाको माग नभएको ज्ञावालीले बताए । यसले गर्दा अहिले बैंकमा तरलता सहज भएको पनि उनको भनाइ छ  ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro