site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेप सुन तस्करी काण्ड : राहुल महरा पक्राउ

काठमाडौं । विद्युतीय सिगरेट भेपमा सुन तस्करी प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

राहुलबाहेक कृष्णबहादुरकै अर्को छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले जनाएको छ ।

त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ फरार छन् ।

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थानमा भेपमा ९ किलो सुन लुकाएर ल्याएको खुलेको थियो । उक्त सुन भन्सारका कर्मचारीको मिलोमतो पछि चोरी गरेर बिक्री गरेको खुलेको थियो ।

सोही प्रकरणमा पक्राउ परेका ९ जना हाल पुर्पक्षको लागि थुनामा छन् । 

चोरी प्रकरणबारे सीआईबीले २७ असारमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तस्करी प्रकरणबारेको अनुसन्धान भने सीआईबीले पुनः सुरु गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro