
पोखरा । पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
मंगलबार अख्तियारले बरालविरुद्ध दोहोरो सुविधा लिएको र अन्यत्र काम नगर्ने प्रतिबद्धताविपरीत अध्यापन गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरालले बिनास्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेस गरी ‘नन्टिचिङ्ग एलाउन्स’समेत लिएको हुँदा आरोपपत्र दायर गरिएको बताए ।
बरालले लिएको दोहोरो सुविधा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारको ठहर छ । उनीविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ ।