site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीमदत्तका तत्कालीन नगर प्रमुख विष्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले गैरकानुनी तरिकाले नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउँदा अनियमितता गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूसँग एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा महाकाली नदीको ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र माटोको रोयल्टी शुल्क उठाउँदा उनीहरूले अनियमितता गरेको अख्तियारको ठहर छ ।

अख्तियारले सोही घटनामा भीमदत्तका तत्कालीन राजस्व छुट लागि गठित कार्यदलका संयोजक हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत विक्रम भण्डारी र नायब सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूसँग पनि एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सोही घटनामा भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट र ईश्वरीको श्रीमती खगेश्वरी भट्टविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग समेत एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro