site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योजना आयोगको कामप्रति राष्ट्रियसभा अध्यक्षको असन्तुष्टि
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएका हुन् ।

राष्ट्रिय योजना आयोगले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि समन्वय नगरेको उनले उल्लेख गरे । उनले योजनाबद्ध विकासले मात्र मुलुकले फड्को मार्न सक्ने भन्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको जिकिर गरे ।

उनले आयोगले मुलुकको आवश्यकताअनुसार सरकारलाई एकीकृत योजना सुझाउन नसकेको आरोप लगाए ।

“राष्ट्रियसभामा हामीले दिगो विकास तथा सुशासन समिति बनायौँ, समितिलाई फ्यासिलेट गर्न र बजेटिङ गर्नको लागि योजना आयोगको कत्तिको ध्यान गएको छ ? विश्वमै हेर्ने हो भने संसद्मा दिगो विकास तथा सुशासन समिति कति देशमा बनेको छ ? योजना आयोगले देओस् त । मलाई लाग्छ, कहीँ पनि त्यस्तो छैन,” उनले भने, “दिगो विकास नै भनेर विश्वका कुनै पनि देशमा समिति बनेको छैन । यति महत्त्वपूर्र्ण समितिलाई नेपाल सरकारले, योजना आयोगले के गर्‍या छ ? अनि, सबै कुरा पूरा गर्दै छौँ भनेर हुन्छ ?”

बाह्य देशबाट प्राप्त हुने सहयोग पनि सरकारले लिन नसकेको उनले टिप्पणी गरे । वैदेशिक सहयोगलाई पक्षपाती ढंगले हेर्ने र मन्त्रालयमा फाइल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न इमानदारीपूर्वक योजना बनाउनुपर्नेमा जोड दिए । वैदेशिक सहयोगका लागि विभिन्न देशका लगानीकर्ता आएर आफूसँग कुराकानी गरे पनि सरकारको कार्यशैलीका कारण खुला ढंगले स्वीकार गर्ने वातावरण नबनेको उनले गुनासो गरे ।

समुन्नत विकासका लागि सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित बजेट बनाउनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro