site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनमन्त्रीलाई गगन थापाको प्रश्न– संसद्बाहिर हुँदा विरोध, मन्त्री बन्दा सही हुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनका नाममा एकसाथ ७९ विधेयक संशोधन गर्न खोजेर संसद्को अधिकार खोसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यो गलत प्रक्रियालाई हटाउन आग्रह गरे । उनले आफ्नै पार्टीबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका धनराज गुरुङलाई यस्तो आग्रह गरेका हुन् ।

Dabur Nepal
NIC Asia

एकरूपता ल्याउन गणतन्त्र आइसकेपछि केही नेपाल ऐन भनेर थुप्रै कानुन एकैपटक संशोधन गर्न लागिएको उनले बताए । ०७४ सालमा तत्कालीन नेकपा नेतृत्वको सरकारले यसको चरम दुरूपयोग गरेको भन्दै उनले नेपाल ट्रस्ट ऐन कानुन सोहीअनुसार ल्याइएको जिकिर गरे ।

सदनबाहिर हुँदा यसको विरोध गर्नेले अहिले मन्त्री बन्दा ठिक भन्न नपाउने सांसद थापाको भनाइ छ ।

“कानुनमन्त्रीलाई म सम्झाउँछु, संसद्बाहिर जमेर यसको विरोध गर्नुभएको थियो, त्यो बेलामा गलत अहिले सही हुन्छ ?,” थापाले प्रश्न गरे, “यो विधिशास्त्रको मान्यताको खिलाफ हो । यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसद्लाई हेपेको हो, आज पनि संसद्लाई हेपेको हो ।”

संसदीय व्यवस्थामा बहुमतको आडमा जस्तो विधेयक ल्याए पनि पारित हुन्छ भन्ने भ्रम रहेको भन्दै उनले सांसद हेपिने कि नहेपिने योपटक ‘देखाइछाड्ने’ बताए ।

विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधलाई जोगाउने प्रावधान राखिएको उनले उल्लेख गरे । राजनीतिक अपराधीकरण र यस्तो व्यवस्था कांग्रेसलाई स्वीकार्य नभएको उनले बताए ।

“०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुहोस् । यसलाई बिसाउनुहोस्, यसलाई हटाउनुहोस्,” थापाले कानुनमन्त्री गुरुङलाई आग्रह गर्दै भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro