site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली टिमलाई मोहम्मद रिजवानले दिए शुभकामना

काठमाडौं । एसिया कपका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले भेटेर शुभकामना दिएका छन् । सोमबार रिजवानले नेपाली टिमलाई भेटेर शुभकामना दिएको भिडियो पाकिस्तानी क्रिकेट संघले फेसबुकमा राखेको छ ।

उनले प्रतियोगिताका लागि नेपाली टिम योग्य रहेको बताउँदै शुभकामना दिए । यस्तै, उनले कुनै पनि कुराको आवश्यक भए आफू सहयोगका लागि तयार रहेको पनि बताए ।

Dabur Nepal
NIC Asia

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले अगस्ट ३० मा उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानको सामना गर्ने छ । त्यसपछि भारतसँगको खेलका लागि नेपाल टिम श्रीलंका जाने छ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतसँग समूह चरणको दोस्रो खेल खेल्ने छ । 

एसिया कपको १६औँ संस्करणमा नेपाल, भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro