site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेका छन् : ओली
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गरेका छन् । 

सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरू र व्यवहारबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि बताए । मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । 

उनले भने, "प्रश्नहरु अहिले परराष्ट्र सम्बन्धका बारेमा सरकारको परराष्ट्र नीतिहरु र व्यवहारको तालमेल नभएको र अस्पष्टताहरुबारे बजारमा गम्भीर प्रश्नहरू उठेका छन् ।समितिले कमसेकम ती प्रश्नहरूको यथोचित समाधान सविस्तार छलफल गरेर मार्गदर्शन गर्नुपर्छ ।"

अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro