site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको लगातार तेस्रो जित 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । सिटीले आइतबार राति सम्पन्न खेलमा सेफिल्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो । 

सिफिल्डको मैदान ब्रामल लेनमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्ड र रोड्रीले गोल गरे । घरेलु टिमका लागि जयडेन बोग्लेले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

हाल्यान्डले ६३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता राखेका थिए । तर, ८५औं मिनेटमा जयडेन बोग्लेले गोल गर्दै सेफिल्डलाई खेलमा फर्काए ।

खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रोड्रीले गोल गर्दै सिटीलाई पुन: २-१ को अग्रतामा राखेका थिए । रोड्रीको यही गोल निर्णायक बन्दा सिटीले तीन अंक निश्चित गर्यो । 

त्यसअघि, ३७औं मिनेटमा प्राप्त पेनाल्टी हाल्यान्डले सदुपयोग गर्न नसक्दा सिटीले अग्रता बनाउने अवसर गुमाएको थियो । जितसँगै तीन खेलबाट नौ अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन सेफिल्ड तालिकाको १७औं स्थानमा छ । 

आइतबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले बर्न्लीविरुद्ध ३-१ को जित निकालेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro