site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुवर्ण शमशेरको परिवारका चारसहित २१ जना मृतक पनि प्रतिवादी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर जबराका परिवारका सदस्यसहितलाई पनि प्रतिवादी बनाइएको छ । सुवर्णका परिवारका मृत्यु भइसकेका सदस्यहरूलाई किर्ते अभियोगमा प्रतिवादी बनाइएको हो ।

ललिता निवासको जग्गा २०२१ साल अघिसम्म सुवर्णको स्वामित्वमा थियो । २०२१ सालमा हदबन्दी लगाएर सरकारीकरण गरेको जग्गामा विभिन्न समयमा निजी र गुठीको भन्दै गरिएका निर्णय र स्वामित्व परिवर्तनमा अहिले किर्ते मुद्दा चलाइएको हो । 

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३२० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मद्दा दायर गरेको छ । ललिता निवास प्रकरणमा प्रहरीले संगठित अपराध र किर्तेमा मुद्दा चलाउन सुझाव दिएको थियो । तर, सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा चलाएको छ ।

Argakhachi Cement Island Ad

पश्चातदर्शी कानुन लागु नहुने र त्यसबेला संगठित अपराधसम्बनधी कानुन नै नभएको कारण देखाउँदै सरकारी वकिल कार्यालयले किर्ते अभियोगमा मात्र मुद्दा दर्ता गरेको हो । त्यसरी दायर गरिएको मुद्दामा प्रतिवादी बनाइएका ३२० मध्ये २१ जना अभियुक्तको मृत्यु भइसकेको छ ।

मृत्यु भइसकेकाहरूमा सुवर्णका छोरा रुक्म शमशेर जबरा, छोरा कनक शमशेरकी पत्नी शैलजा राणा, छोरा कनकशमशेरकी पत्नी सुनिति राणा, कनकशमशेर जबरातर्फका सुवर्णका नाती हेवन शमशेर जबरालाई प्रतिवादी बनाइएको छ । 

त्यसबाहेक तत्कालीन भूमि सुधारमन्त्री प्रभुनारायण चौधरी, मालपोत कार्यालय डिल्लिबजारका तत्कालीन नायव सुब्बा जगतप्रसाद पुडासैनी, तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ, भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन प्रमुख मुकुन्दप्रसाद आचार्य, भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, मिठ्ठुदेवी पुडासैनी, सानुकान्छा भन्ने पञ्चनारायण महर्जन, तिर्थमाया महर्जन, समर्जङ कम्पनीका तत्कालीन नायव शुब्बा अर्जुनप्रसाद भण्डारी, गुठी संस्थानका तत्कालीन कानुन अधिकृत तुलसी पोखरेल, बालकृष्ण महर्जन, भरतराज गिरी, खाशामाया महर्जन, मुरलीकृष्ण श्रेष्ठ, परशुराम पोखरेल, हर्कनारायण डंगोल भन्ने हर्ष महर्जन छन् । यी प्रतिवादीहरूको मृत्युको मितिसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको छ ।

हेर्नुहोस् सूची

Subarna1693142896.png

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्