site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार, ठगी र अपराध नियन्त्रण सरकारको मूल प्राथमिकता : गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार वीरगञ्ज आएका श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको बताए ।

प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताले आफ्नो आर्थिक–सामाजिक समृद्धिका रूपमा अनुभूति गर्न सक्नुपर्ने र वर्तमान सरकारले त्यही ध्येयबाट काम गरिरहेको बताए । समृद्धिको सर्त सुशासन भएकोले सरकारले भ्रष्टाचार, अपराध, ठगी जस्ता गतिविधि नियन्त्रणलाई मूल प्राथमिकता बनाएको समेत उनले बताए ।

सुराकी नाममा मन्त्री–सचिवले लिइरहेको खर्च कटौती गरिएको, अनुचित लेनदेन नियन्त्रण गर्न आयोग तथा कानुन निर्माण गरिएको र प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सरुवा, बढुवा तथा पदस्थापनामा मापदण्ड निर्धारण गरिएको गृहमन्त्री श्रेष्ठले बताए ।

साथै, आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने जस्तो संगठित अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याइसकिएको समेत उनले बताए । जुनसुकै अपराध घटनाको अनुसन्धानलाई जरैसम्म पुरेर अपराधीहरूलाई कठघरमा ल्याउने उनको भनाइ थियो ।

प्रहरी निकाय (सीआईबी)ले सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धान गरिरहेको र अनुसन्धानले उचित निष्कर्ष दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै, सहकारी संस्थाहरुमा देखिएका समस्याबारे समेत गहिरो अनुसन्धान भइरहेको उनले बताए । पीडित पक्षसँग भएको सम्झौताअनुसार गौर हत्याकाण्डको अनुसन्धानलाई जारी नै राखिएको जानकारी गृहमन्त्री श्रेष्ठले दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro