site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरूलाई पनि आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए ।

“वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउँछ,” उनले भने, “राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि जानकारी आवश्यक छ ।”

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए । कारोबारलाई पारदर्शी बनाउने भएकोले  वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गरे । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro