site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ वर्षमा तीन हजार १०० सर्किट किलोमिटर विद्युत् प्रसारणलाइन थपियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार ११८ किलोमिटर सर्किट प्रसारणलाइन थपिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत नौ वर्षमा ग्रीड सबस्टेसनहरूको क्षमता आठ हजार ८६७ एमभीए पुगेको छ । नौ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१/७२ मा सबस्टेसनहरूको क्षमता दुई हजार १३२ एमभीए थियो । आव २०७९/८० मा आइपुग्दा सबस्टेसनहरूको क्षमता ६ हजार ७३५ एमभीए बढेको हो ।

आव २०७१/७२ मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकामा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरू सञ्चालनमा छन् ।

आव २०७१/७२ मा दुई हजार ६२४ सर्किट किलोमिटर प्रसारणलाइन रहेकामा हाल पाँच हजार ७४२ सर्किट किलोमिटर पुगेको प्राधिकरणले जनाएको छ ।

आव २०७२/७३ सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारणलाइन रहेकामा आव २०७३/७४ बाट २२० र ४०० केभी प्रसारणलाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारणलाइनको लम्बाइ क्रमशः ५१४ र तीन हजार ९७९ सर्किट किलोमिटर छ ।

यस्तै, २२० र ४०० केभी प्रसारणलाइनको लम्बाइ क्रमशः एक हजार १०१ र १४८ सर्किट किलोमिटर छ ।

प्राधिकरणका अनुसार हाल विभिन्न क्षमताका दुई हजार ८५२ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको एक हजार १११ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन छन् ।

यसैगरी, २२० र ४०० केभीको क्रमशः ९८८ र ७५४ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन छन् ।

६ हजार ७५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । १३२, २२० र ४०० केभीका क्रमशः एक हजार १४१, एक हजार ७५२ र तीन हजार ८५८ सर्किट किलोमिटर प्रसारणलाइन निर्माण प्रस्ताव गरिएको हो ।

विभिन्न क्षमताका १० हजार ४६९ एमभीए क्षमताका सबस्टेसनहरू निर्माणाधीन छन् । १५ हजार ५६४ एमभीए क्षमताका सबस्टेसनहरू निर्माण प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro