site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिलानको सहज जितमा जिरुडको दुई गोल

काठमाडौं । इटालियन सिरी ‘ए’ मा एसी मिलानले टोरिनोविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

शनिबार घरेलु मैदान सान सिरोमा भएको खेलमा सहज जित दिलाउन मिलानका ओलिभर जिरुडले दुई गोल गरे । यस्तै, क्रिस्टियन पुलिसिच र थियो हर्नान्डेजले समान एक गोल गरे । टोरिनोका पर सुर्सले एक गोल फर्काएका थिए ।

३३औँ मिनेटमा पुलिसिचले गरेको गोलबाट मिलानले अग्रता बनाएको थियो । तर, त्यसको तीन मिनेटपछि नै सुर्सले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए ।

४३औँ मिनेटमा जिरुडले पेनाल्टीमार्फत गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा हर्नान्डेजले गोल गरेपछि मिलानले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो ।

यस्तै, ६५औँ मिनेटमा पनि जिरुडले पेनाल्टी सदुपयोग गरेपछि मिलानले अग्रतालाई ४–१ मा पुर्‍याएको थियो । यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा मिलानले सहज जितसहित तीन अंक सुनिश्चित गर्‍यो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको मिलान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको टोरिनो तालिकाको १४औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro