site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनले बारम्बार संविधान मिच्यो : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनले बारम्बार संविधान मिचेको आरोप लगाए । कोसी प्रदेश सरकारबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम भनेको विषयमा पार्टीको धारणा के हो ? भन्दै उनले प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै उनले यसबारेमा पार्टी ‘क्लियर’ हुनुपर्नेमा जोड दिए ।

“हामी संविधानको रक्षा गर्ने भन्छौँ, तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोसीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ?,” उनले प्रश्न गरे, “हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी देशको सबैभन्दा ठूलो दल बन्न सक्ने सम्भवाना भएको पार्टी रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro