देश

काठमाडौं । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । करिब चार घण्टापछि राजमार्ग खुलेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी रुपमा अवरुद्ध बनेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ साढे ६ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको थियो ।
पहिरो हटाएर सवारीसाधन सञ्चालन ल्याइएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख चुडामणि पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० २२:०६
प्रतिक्रिया दिनुहोस्