काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरूमा अपिल गरेका छन् । शुक्रबार एक अपिल प्रकाशित गर्दै उनले सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न आग्रह गरेका छन् ।
"विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो," राईले भनेका छन् ।
नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न 'सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली'को भावलाई आत्मसात गर्न आग्रह गरेका छन् ।