site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगीतसँग जोडिँदै रुस्लान, ‘रुस्लान स्टुडियो’को सुरुवात

काठमाडौं । रुस्लानले भदौ ६ गतेदेखि ‘रुस्लान स्टुडियो’को सुरुआत गरेको छ । लाइभ स्टुडियो, रेकर्ड, सेटिङ, संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्ने ‘रुस्लान स्टुडियो’ सुरुआत गरको हो । सो संगीतहरूको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुने बताइएको छ ।

कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुने बताइएको छ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु रहेको जानकारी दिइएको छ ।

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेन्ट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरुङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केञ्जल मेहर श्रेष्ठ, एएसएमहरुको प्रस्तुति हुनेछ ।

“रुस्लान र संगीतको सम्बन्ध धेरै अघिदेखि परिचित रहँदै आएको छ । र, यसैमार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेस गर्दै आएका पनि छौँ । आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यका साथ नै हामीले रुस्लान स्टुडयोको सुरुआत गरेको हो । हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतको मार्फत पेस गर्दै छौँ । र, सो कलालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौँ,” जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रेय कृष्ण श्रेष्ठले भने ।

रुस्लानले आफ्ना ग्राहकवर्गको खुसीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिँदै आएको छ । रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने विश्वास पनि श्रेष्ठले व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro