site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेता रावलको व्यंग्य : ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यंग्य गरे ।

उनले भने, "सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् । भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै, हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, रितिरिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन्, देशको संस्कृति त्यस्तै हो । यदि कुनै देशका जनतालाई खत्तम पार्नु छ, त्यो देशको एकता सिध्याउनु छ, त्यो देशको स्वाभिमानलाई समाप्त गर्नु छ भने त्यो देशका गौरालाई समाप्त गर्नुपर्छ ।"

Global Ime bank

नेता डा. रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement