site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोली हानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको  बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् ।

“घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते ६ जनालाई अस्पतालमा लगिएको छ,” ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’हरूको लागि लोकप्रिय मानिन्छ ।

आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।

अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्यांकअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् ।

बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro