site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२३ दिनमा १० हजार बढी डेंगी संक्रमित, १० जिल्ला ‘रेड जोन’मा 

काठमाडौं । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । योसँगै नेपालमा यो वर्ष (सन् २०२३) डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ । जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

१५० भन्दा बढी डेंगी संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro