site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबै समूहमा छायो हरियाली, हाइड्रोपावर र जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । बुधबार धितोपत्र दोस्रो बजारका सबै समूहगत परिसूचकमा हरियाली छाएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा हाइड्रोपावर र जीवन बिमा समूहका लगानीकर्ता रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार यी दुई समूहको परिसूचक कारोबारमा आएका अरू समूहभन्दा बढी बढेको छ ।

Dabur Nepal
NIC Asia

हाइड्रोपावर समूहको परिसूचक २.७४ प्रतिशतले वृद्धि भएको छ भने जीवन बिमा समूहको परिसूचक २.५१ प्रतिशतले वृद्धि भएको हो । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २९.४७ अंकले वृद्धि भएर २०४५.४५ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । २७३ धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता एक अर्ब ५१ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

सर्वाधिक रुपैयाँको सेयर कारोबार घोराही सिमेन्ट इन्डस्टीको भएको छ । यो कम्पनीको सात करोड ५७ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९० पैसा बढेको छ । यो कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro