site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम थालेको पहिलो दिन संवैधानिक इजलासमा बसे प्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा आजदेखि जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार नियुक्त भएर शपथ लिएका श्रेष्ठले मंगलबार नै कार्यभार ग्रहण गरेका थिए । आजदेखि उनले औपचारिक रुपमा नेतृत्व सम्हाल्दै जिम्मेवारी सुरु गरेका हुन् ।

श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी सम्हालेकै दिन संवैधानिक इजलास बसेको छ । संवैधानिक इजलासमा बुधबार १९ मुद्दा छन् । त्यसमध्ये पाँचवटामा खाजा समयअघि नै सुनुवाइ भइसकेको छ ।

सर्वोच्चको पेसी सूचीमा पाँच मुद्दाको सुनुवाइ भइसकेको जनाइएको छ । कार्यभार सम्हालेपछि मंगलबार प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा रहेका पुराना मुद्दाको चाप घटाउने बताएका थिए ।

उनले जिल्ला र उच्च अदालतमा पुराना मुद्दा नरहेको भन्दै सर्वोच्चमा मात्र पुराना मुद्दाको चाप धेरै रहेको बताएका थिए । न्यायाधीश नियुक्ति चाँडोभन्दा चाँडो गर्ने र सुनवाइलाई पनि तीव्रता दिएर पुराना मुद्दाको चाप घटाउने उनको कार्ययोजना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro