site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा केबलकारमा अड्किएका आठजनाको 'चामत्कारिक उद्धार'
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंगलबार पाकिस्तानमा केबल कारमा अड्किएका बालबालिकासहित आठजनाको सफल उद्धार भएको छ ।

पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा विद्यालय हिँडेका ६ बालबालिकासहित आठजना उक्त केबलकारमा अड्किएका थिए ।  केबलकारको एउटा तार चुडिँएपछि उनीहरु अड्किएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

समुद्री सतहबाट एक हजार २०० फिटको उचाइमा अड्किएका उनीहरुको उद्धारका लागि हेलिकप्टरसहित अधिकारीहरु खटिएका थिए ।

पाकिस्तानी सेनाको विशेष सेवा समूहले हेलिकप्टरमार्फत चारजनाको उद्धार गरेपछि प्रतिकूल मौसम र रात परेका कारण उद्धार कार्य रोकेको थियो । तर, जमीनबाट उद्धारका लागि अर्काे छुट्टै मिसन सुरु गरिएको थियो ।

Global Ime bank

उनीहरुले केबलकारको एउटै तारबाट सानो गन्डोला अड्किएको ठाउँमा पठाएका थिए र थप चारजनाको उद्धार गरिएको बताइएको छ ।

केबलकारमा खाना र अन्य अत्यावश्यक कुरा पठाउन पनि गोन्डोला प्रयोग गरिएको थियो । स्थानीय आफैले बनाएको यो केबलकार सुरक्षाका उपायहरु कमजोर भएका कारण तुइन जस्तै भनिएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement