देश
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड प्रयोग गर्दा उक्त सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक विभागले आग्रह गरेको छ । पहिरोको जोखिम कायमै रहेकाले अवस्था बुझेर मात्रै मुग्लिन–नारायणगढ सडकखण्ड प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
“पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।
सोमबार बेलुका ८ बजे इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै खसेको पहिरोका कारण अवरुद्ध भएको सडक मंगलबार दिउँसो करिब १ बजेबाट सञ्चालनमा आएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० ०८:२३
प्रतिक्रिया दिनुहोस्