site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बूढीगंगा गाउँपालिका–१, मिलनचोक नजिकै सेन्ट मेरिज बोर्डिङ स्कुलको ग१क ६०१८ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका १२ वर्षीय सन्देश सुनामको मृत्यु भएको हो ।

मंगलबार अपरान्ह विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जनकुमार दाहालले बताए ।  

उनने भने, “बसको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि बूढीगंगा टंकीसिनवारीस्थित विराट शिक्षण अस्पताल लगिएमा साढे ४ बजेतिर मृत्यु हुन पुग्यो ।”

प्रहरीले बसका चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro