site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छ : सांसद शाह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रहरूले नै गर्नुपर्ने बताएकी छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरूले नै गर्नुपर्ने बताइन् । उनले सीआईबीलाई छानबिन गर्न दिइनु ठिक भएको बताइन् ।

राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएकाले सरकारी संयन्त्रहरूलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ ।

उनले हरेक अपराधको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरूको कुनै काम नहुने बताइन् । अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरूलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, "सुन काण्डमा दोषी जो कोही भएपनि सजाय पाउनुपर्छ । त्यसका लागि सीआईबीलाई छानबिन गर्न दिनेकुरा ठिक छ । राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु हामी सबैको दायित्व हो । किनकी ती संस्थाहरू हामीले नै निर्माण गरेका हौँ । आफैँले निर्माण गरेका संस्थाहरूलाई अविश्वास गर्न पुग्यौँ । कमजोर बनाउन पुग्यौँ भने के सधैँ आयोगहरूले त्यस्ता समस्याहरूको निरुपण गर्न सक्छ ? तसर्थ म के अनुरोध गर्न चाहन्छु भने हामी आफैँले बनाएका संस्थाहरुमाथि विश्वास गर्न सिकौँ । विश्वास गरौँ । बलियो बनाऔँ ।"

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro