site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा ६ बालबालिकासहित आठजना तुइनमा अड्किएपछि...
फाइल तस्बिर ।

इस्लामावाद । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा ६ बालबालिकासहित आठजना तुइनमा अड्किएका छन् ।

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुइन अड्किएपछि उद्धारको प्रतीक्षामा छन् । आज बिहान ७ बजे चलिरहेको तुइन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन ।

Dabur Nepal
NIC Asia

हेलिकोप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् ।

स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकोप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ । यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ । रासस/एएफपी

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro