site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

बैंकक । थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा आज अदालतले तीन अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय सुनाएको हो । 

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको र मनोनीत व्यक्तिमार्फत अवैध रूपमा सेयर राखेको कसुरमा दोषी ठह¥याइएको अदालतले जनाएको छ । 

Dabur Nepal
NIC Asia

थाइल्यान्डका विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षको निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा परेका छन् ।

पूर्वप्रधानमन्त्री सिनावात्राको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रूपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट कारावासको सजाय भएको छ ।

७४ वर्षीय सिनावात्रालाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नेछन् भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro