site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध
Dabur Nepal
NIC Asia

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नाम्सि पुल नजिकै पहिरो खसेका कारण सडक पुर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले सडक डिभिजन भरतपुरको तैनाथ अवस्थामा राखिएको मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । माथिबाट ढुंगा खस्ने क्रम नरोकिए पुरै पहिरो पन्छाउन समय लाग्ने अनुमान गरिएको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

कार्यालयले सूचना जारी गर्दै भनेको छ, "मुग्लिन नारायणगढ सडकखण्डको नाम्सि पुल नजिकै खसेको भिषण पहिरोको कारण सडक पुर्णरूपमा अवरुद्ध भएको छ । डिभिजन प्रमुख उक्त स्थानमा पुगि छिटोभन्दा छिटो सडक सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । अहिले सडक डिभिजन भरतपुरको तैनाथ अवस्थामा राखिएको मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । माथिबाट ढुंगा खस्ने क्रम नरोकिए पुरै पहिरो पन्छाउन समय लाग्ने अनुमान छ । पहिरोका कारण रोकिएका सवारीसाधन लगायत यात्रु महानुभावहरू सुरक्षित स्थानमा बस्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro