site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, पहिरो हटाउन समय लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको नाम्सि पुल नजिकै पहिरो खसेका कारण पुर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले सडक डिभिजन भरतपुरको तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानमा पुगिसकेको छ।

Argakhachi Cement Island Ad

माथिबाट ढुंगा खस्ने क्रम नरोकिएको कारण पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने पनि उनले बताए ।

पहिरोका कारण रोकिएका सवारीसाधनलगायत यात्रुलाई सुरक्षित स्थानमा बस्न कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्