site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘घरायसी बिदा’ लिएका सांसद गैरसरकारी संस्थाको कार्यक्रममा भेटिए

विराटनगर । ‘घरायसी कामले प्रदेशसभा बैठकमा आउन नसक्ने’ सूचना दिएर बिदामा बसेका नेकपा (एमाले)का एक सांसद गैरसरकारी संस्थाको कार्यक्रममा भेटिएका छन् ।

एमाले सांसद खडगबहादुर बस्नेतले आइतबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दिई सभाको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । उनी सोमबार विराटनगरस्थित होटेल स्वागतममा आयोजित एक कार्यक्रममा अतिथिका रूपमा सहभागी थिए ।

कोक्याप नामक संस्थाले आयोजना गरेको प्रदेशस्तरीय ‘नागरिक शिक्षा र  मानवअधिकार’ विषयक कार्यक्रममा बस्नेत सहभागी भई पूरै अवधि बसेका थिए । नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेले सांसद बस्नेत पूरै अवधि सो कार्यक्रममा सहभागी भएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro