site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अमेरिकाको हवाइमा आगलागी, नेपालीहरू सुरक्षित 
Ghorahi CementGhorahi Cement

वष्टन । अमेरिकाको हवाइ राज्यको माउइ टापूस्थित लहाइना सहरमा डढेलोका कारण फैलिएको आगलागीमा कोही पनि नेपालीहरु प्रभावित नभएको त्यहाँस्थित नेपाली संस्थाले जनाएको छ ।  सोसाइटी अफ नेपलीज इन हवाइका उपाध्यक्ष मनध्वज राईका अनुसार डढेलो लागेको माउइ टापूमा कोही पनि नेपाली घरपरिवारको बसोबास छैन । 

त्यो टापूमा एउटा नेपाली परिवार बस्ने गरेको भए पनि उनीहरु दुईवर्ष अगाडि हवाइ राज्यको राजधानी होनोलुलु बसाइ सरेको राइले बाह्रखरीलाई बताए ।  क्षतिग्रस्त टापू माउइ होनोलुलुबाट करिब १६१ किलोमिटर टाढा रहेको छ । 

Dabur nepal
Agni Group

होनोलुलुबाट त्यो टापूमा जहाजमा आधा घण्टामा पुग्न सकिने राईले बताए ।  टापूहरुको राज्य हवाइमा करिब २ सय ५० जति नेपालीहरुको बसोबास रहेको जनाएको छ ।  विभिन्न संघसंस्थाले राहतका लागि रकम संकलन र लत्ता कपडा संकलन गर्दै आएकामा नेपालीहरुले राहत प्रदान गरेका छन् । 

राईका अनुसार सोसाइटी अफ नेपलीज इन हवाइको पहलमा पनि राहतका लागि रकम संकलन र अत्यावश्यकीय वस्तुहरु संकलनको थालनी गरिएको छ ।  माउइ काउण्टीका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार शनिबार अबेरसम्म कम्तीमा १ सय १४ जना मानिसहरुको मृत्यू भइसकेको छ भने हराएकाहरुको खोजी कार्य जारी रहेको छ ।

काउण्टीले जारी गरेको प्रेस विज्ञप्तिमा ७८ प्रतिशत क्षतिग्रस्त क्षेत्रमा खोजीकार्य गरिसकिएको छ ।  शुक्रबार राति अपडेट दिने क्रममा हवाइका गभर्नर जश ग्रीनले एक भावनात्मक सम्बोधनमा लहाइना सहर फेरि उठ्ने छ भन्दै अगाडि भने, “यो हाम्रो सहनशीलता, मूल्यमान्यता र ओहानाको पवित्र सम्बन्धको प्रतीक हुनेछ र जब यो पुनर्निमाण हुनेछ हामीले गुमाएका प्रियजनको जिवित स्मारक हुनेछ ।”

आगलागीले लहाइनाको २ हजार १ सय ६८ एकड जमिनमा रहेका हजारौं संरचनाहरु, राज्यको ल्याण्डमार्क मानिने ऐतिहासिक बरगदको रुखहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।  त्यसैगरी ऐतिहासिक फ्रन्ट स्ट्रिटका धेरै भवनहरु, पसलहरु र रेस्टुरेन्टहरु आगोको लप्कामा परेको एशोसियटेट प्रेसले जनाएको छ । राष्ट्रपति जो बाइडेन र फस्र्ट लेडी जिल बाइडेन आगलागीग्रस्त क्षेत्र लहाइनामा सोमबार जाने कार्यक्रम रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu