site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै, १० करोड ‘अफरको अनैतिक हल्ला चलाइयो’ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् ।

गएको साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

आज (आइतबार) विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । तर, उपसभामुख सिर्जना दनुवारले सोमबारका लागि समय तोकिदिएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भन्ने कुरा आफूहरूले कल्पना नगरेको कोसी प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की बताउँछन् ।

Global Ime bank

“उहाँ उपसभामुखज्यूले नै विश्वासको मत लिने समय तोक्नुभएकोले अनुपस्थित हुनुहोला भन्ने हामीले सोचेका छैनौँ,” कार्कीले भने, “संविधानतः उहाँले पाएको जिम्मेवारीलाई पूरा गर्नुहुन्छ भन्ने विश्वास छ । सभा सञ्चालन नहोला भन्ने त कुन राजनीतिक चरित्र हुन्छ होला र ?”

कार्कीले गठबन्धनसँग ४७ प्रदेशसभा संख्या रहेकाले बहुमत पुग्ने र विश्वासको मत प्राप्त हुनेमा आफूहरू ढुक्क रहेको बताए ।

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोसी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

उपसभामुख अनुपस्थित भए सभाध्यक्षमण्डलले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउने गठबन्धनका एक सांसदको भनाइ छ ।

सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् ।

उपसभामुख दनुवारले ‘सभा सञ्चालन गर्नबाट नभाग्ने’ बताउँदै आएकी छन् । उनले समेत राजीनामा दिने राजनीतिकवृत्तमा हल्ला छ । तर, दनुवारले भनिन्, “त्यस किसिमको मनसाय अहिलेसम्म बनाएको छैन ।”

सांसद किनबेच गर्न १० करोड ‘अफर’को हल्ला 
शनिबार राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्ना ‘सांसदलाई मन्त्री बन्न र विश्वासको मत दिन भन्दै १० करोड रुपैयाँ अफर गरेको हल्ला काठमाडौंसम्म आएको’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । उनको स्टाटसपछि प्रदेशमा यसबारे हल्ला चुलिएको छ ।

अनाहकमा हल्ला चलाइएको र यस्तो अनैतिक क्रियाकलाप गठबन्धनका तर्फबाट नहुने कांग्रेसका उपनेता कार्कीले बताए । उनले भने, “यो अप्रत्यासित रूपमा चलाइएको हल्ला हो । हामी यस्तो अनैतिक कार्य गर्दैनौँ । गठबन्धनसँगबवहुमत पुग्ने सहज ४७ संख्या छ ।”

माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले गठबन्धनले राजनीतिक चरित्र बिगार्ने गरी कुनै किसिमको गलत क्रियाकलाप नगर्ने बताए । उनले भने, “सत्ता प्राप्तिकै लागि यस्ता गलत कार्य गरिनु हुन्न भन्नेमा गठबन्धन प्रस्ट छ ।”

मुख्यमन्त्री थापाले आफूलाई गठबन्धनका ४७ सांसदको समर्थन रहेकाले विश्वासको मत लिन कठिनाइ नभएको बताए । उनले भने, “हामी संवैधानिक प्रक्रियाअनुरूप विश्वासको मत लिँदै छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement