site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् अवरोधको कारक सरकार : बर्तौला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संसद्‌मा उठाइएको विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाए । संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएकामा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्ष दलले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप पनि उनले लगाए ।

प्रतिपक्षले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने उनले उल्लेख गरे । तर, सरकार संविधान र संसदीय मूल्य–मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध गरिएको उनले बताए ।

Global Ime bank

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि एमालेले संसद्‌मा उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले त्यसप्रति कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नताको शंका उत्पन्न भएको उनले बताए । वर्तमान सरकार जति लम्बिन्छ, राष्ट्रका लागि त्यति नै ठूलो घातक हुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement