site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसद्मा भएको अवरोध ‘जस्टिफाई’ हुनुपर्ने बताए ।

धुलिखेलमा भएको संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदीय अभ्यासमा संसद्् अवरोध देखिँदै आएको बताए ।

“मेरो प्रस्ट मान्यता छ । संसद्मा अवरोध नियमसंगत हैन । संविधान र नियमसंगत हैन । स्पष्ट छ,” उनले भने, “राजनीतिक दलले अवरोध गर्छन् । भारतमा आँखा झिम्काउनेदेखि ‘फ्लाइङ किस’सम्मको बिबाद हुँदो रहेछ । हाम्रोमा पनि अवरोध हुने कुरा छ ।”

उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर आफूले छलफल गराएको स्मरण गरे । त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुने गरेको उनले सम्झिए । भने, “त्यो बेला सोफा नफुटेको त हैनन्, गलबन्दी लगाएर साथीभाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलोसम्मको कुरा आयो ।”

उनले अवरोध नियमसंगत नभएको बताए । उनका अनुसार राजनीतिक दलहरूले अवरोध गर्छन् । तर, राजनीतिक दलहरूले गर्ने अवरोध सोही दलले जस्टिफाई गर्नुपर्छ ।

अहिले एमालेले गरेको संसद् अवरोध ठिक कि बेठिक त ? भन्ने प्रश्नमा उनले सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्ने बताए । बहुमत ल्याउनेले सरकार चलाउने भए पनि अल्पमतको प्रतिपक्षले प्रभावकारी ढंगले कुरा राखेपछि कुरा सन्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “अहिले मेरो दल एमालेले संसद् अवरोध गरेको छ । त्यसलाई मेरो दलले जस्टिफाई गर्नुपर्छ । फेरि भन्छु– अवरोध नियमसंगत हैन, अवरोध हुन्छ नै । तर, दफहरूले जस्टिफाई गर्नुपर्छ ।”

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro