site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाको वर्षकै ठूलो ‘एक्सचेन्ज क्याम्प’, विशेष अफरदेखि पाँचतारेमा डिनर

काठमाडौं । टाटा मोटर्सको ‘नाव अर नेभर–द ग्रेट एक्सचेन्ज फेस्टिभल’ आजदेखि देशभर सुरु भएको छ ।

चाडपर्व अघि नै चाडपर्व भन्दा धेरै फाइदाका साथ विभिन्न आकर्षक उपहारसहित 'द ग्रेट एक्सचेन्ज फेस्टिभल' एक्सचेन्ज क्याम्प सुरु गरेको कम्पनीले जनाएको छ ।

भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स सोरुममा सञ्चालनमा रहने भएको छ ।

शुक्रबारदेखि सुरु भएको एक्सचेन्ज क्याम्पमा शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ ।

जुनसुकै ब्रान्डको गाडी लगेर टाटाका प्रतिष्ठित विद्युतीय सवारी (ईभी)सँग साट्न सकिने क्याम्प अथवा मेलामा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर रहेको कम्पनीको भनाइ छ ।

गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्रमार्फत पाँचजना ग्राहकले स्मार्टवाच पनि जित्नसक्ने टाटा मोटर्सले बताएको छ ।

मेलामा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने छ ।

एकै ठाउँबाट गाडीको न्युनतम चार लाख मूल्यांकन, एक्सचेन्ज बोनस, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा, नयाँ गाडीको बुकिंग तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप , एक्सेसोरिज, गाडी सम्बन्धि दक्ष व्यक्तिहरूद्वारा परामर्श तथा सल्लाह सुझाव उपलब्ध हुने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी भई गाडी खरिद गर्ने ग्राहकले सपरिवार सहित पाँच तारे होटेलमा डिनर गर्ने व्यवस्था समेत गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको विशेष एक्सचेन्ज क्याम्पमा यो लिंकमा रजिस्टर गर्न सकिने छ भने, सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा निःशुल्क सम्पर्क गर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro